Kathmandu Press

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि हुने मतदानको तयारी गर्दै निर्वाचन समिति

मतदान भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा हुनेछ। मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ।
कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि हुने मतदानको तयारी गर्दै निर्वाचन समिति

काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको १४औं महाधिवेशन जारी छ। हिजो (शुक्रबार) महाधिवेशन उद्घाटन समारोह आयोजना गरेको कांग्रेसले हिजै बन्दसत्र पनि सम्पन्न गरिसकेको छ।

आज (शनिबार) बाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आरम्भ भएको छ। मतदान भने मंसिर २७ गते बिहान ८ बजेबाट निर्वाचन सुरु हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। त्यसका लागि धमाधम तयरी भइरहेको छ। समितिले तदारुकताका साथ निर्वाचन प्रक्रियाकाे काम अघि बढाइरहेको छ  

मतदान भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा हुनेछ। यतिखेर मतदानका लागि कोठाहरु निर्माण गर्ने कार्य पनि तीव्र रूपमा अघि बढाइएको छ। मतपेटिकाका रूपमा खानेपानीका ट्यांकी प्रयोग गरिने भएको छ। समितिले मतदानस्थलमा आवश्यक ट्यांकीको व्यवस्था गरिसकेको छ।

मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार तथा रङका मतपत्रको व्यवस्था गरिनेछ।  

उम्मेदवार मनोनयन दर्ता आज बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ। उम्मेदवारी मनोनयन दर्ताउपर दाबीविरोध र जाँचबुझ आज साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निणर्य साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ। उम्मेदवारको पहिलो नामावली प्रकाशन पनि आज राति ९ देखि १२ बजेसम्म हुनेछ। 

मनोनयनपत्र फिर्ताका लागि भोलि आइतबार (२६ गते) बिहान ११ बजेसम्मको समय रहेको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे हुने समितिले जनाएको छ।

प्रकाशित मिति: १५:०० बजे, शनिबार, मंसिर २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्