कांग्रेस महाधिवेशनमा उम्मेदवारको प्रचारप्रसार : पोलदेखि पुलसम्म (तस्बिरहरु)
महाधिवेशन क्षेत्रवरपर प्रचारका सामाग्री टाँस्न नपाइने भएपछि पुरानो बसपार्क, रत्नपार्क, न्यूरोड गेट, शहिद गेट लगायतका क्षेत्रहरु पार्टी सभापति शेर बहादुर देउवासहित विभिन्न नेताहरुको प्रचारप्रसार गर्दै ठूलाठूला ब्यानर टाँगिएको छ।काठमाडौं, मंसिर २५ : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आज सभापति लगायतका पदाधिकारीमा उम्मेदवारी दर्ता गर्ने दिन हो । उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।
महाधिवशेन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार हुनेछ। लगत्तै निर्वाचन प्रकृया शुरु हुनेछ।
महाधिवेशन आचारसंहिता अनुसार महाधिवेशन स्थलवरपर उम्मेदवारको प्रचारप्रसार गर्न पाइने छैन। यसअघि शुक्रबार उद्घाटन समारोहमा भृकृटीमण्डप क्षेत्रमा विभिन्न उम्मेदवारको प्रचारप्रसारमा ब्यानरहरु टाँगिएका थिए। आचारसंहिता विपरित हुने भएपछि ब्यानर हटाइएको थियो।
महाधिवेशन क्षेत्रवरपर प्रचारका सामाग्री टाँस्न नपाइने भएपछि पुरानो बसपार्क, रत्नपार्क, न्यूरोड गेट, शहिद गेट लगायतका क्षेत्रहरु पार्टी सभापति शेर बहादुर देउवासहित विभिन्न नेताहरुको प्रचारप्रसार गर्दै ठूलाठूला ब्यानर टाँगिएको छ। विेशषगरी आकाशे पुल, फलामे बार, विजुलीका खम्बाहरुमा नेताहरुको प्रचारसामाग्री टाँगिएका छन्।