Kathmandu Press

तस्बिरमा कांग्रेस महाधिवेशन 

विभिन्न झाँकीसँगै बाहिर सडकमा देखिएको पश्चिमी देउडा नृत्य, विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीहरुले महाधिवेशनस्थलको रौनक बढाएको देखिएको थियो। 
तस्बिरमा कांग्रेस महाधिवेशन 

काठमाडौं, मंसिर २४ : नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु पार्टीको आगामी नेतृत्व चयनका लागि देशका ७७ जिल्लाबाटै राजधानी काठमाडौँमा जम्मा भएका थिए । महाधिवेशनको उद्घाटनस्थल भृकुटीमण्डप र वरपरका रत्नपार्क, ठमेल, पूतलीसडक बागबजार कांग्रेसका कार्यकर्ताले खचाखच भरिएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डप भरिएपछि अधिकांश कार्यकर्ता बाहिर प्रदर्शनीमार्गमा  थिए । उनीहरु महाधिवेशनको कार्यक्रमका मञ्चका गतिविधि देखाउन राखिएका डिस्प्ले बोर्डमा भाषण सुनिरहेका देखिन्थे भने कतिपय महाधिवेशनको महौललाई तस्बिरमा कैँद गर्न तछाडमछाड गरिरहेको देखिन्थे ।

Hardik ivf

परम्परागत् विभिन्न झाँकीसँगै बाहिर सडकमा देखिएको पश्चिमी देउडा नृत्य, विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीहरुले महाधिवेशनस्थलको रौनक बढाएको देखिएको थियो । 

प्रकाशित मिति: २०:३३ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्