Kathmandu Press

साफ यू-१५ फुटबल : नेपालद्वारा बंगलादेश ४–१ ले पराजित

काठमाडौं, भदौ १० : भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ। ....

साफ यू-१५ फुटबल : नेपालद्वारा बंगलादेश ४–१ ले पराजित

काठमाडौं, भदौ १० : भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बङ्गलादेशलाई पराजित गरेको छ। मंगलबार भारतको कल्याणी रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

नेपालको जितका लागि किसन अधिकारी यादवले २ तथा सुगम जिमी र प्रदीप लम्सालले १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलमा पाँचै गोल दोस्रो हाफमा भएको थियो।

 खेलको ४७ औं मिनेटमा किसन अधिकारी यादवले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा ५२ औं मिनेटमा सुगन जिमीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे। खेलको ७९ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै मियाँले बंगलादेशका लागि गोल गर्दै अग्रता २–१ मा झारेका थिए।

तर, खेलको ८४ औं मिनेटमा प्रदीपले डी बक्सबाहिरबाट सुन्दर गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाएका थिए। ८८ औं मिनेटमा किसनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि नेपाल ४–१ को जित निकाल्न सफल भयो।

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान सहभागी छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।

जितसँगै नेपालको ३ खेलबाट ६ अंक भएको छ।  अंक तालिकामा भारतको र बंगलादेशको पनि समान ६–६ अंक छ। नेपालले अन्तिम खेलमा बिहीबार भुटानसँग खेल्नेछ।


 

प्रकाशित मिति: १९:४३ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्