Kathmandu Press

आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, काठमाडौंमा विभिन्न संघसंस्थाहरुको र्‍याली (तस्बिरहरु) 

काठमाडौं, मंसिर २४ : आज ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस...
आज अन्तर्राष्ट्रिय मानवअधिकार दिवस, काठमाडौंमा विभिन्न संघसंस्थाहरुको र्‍याली (तस्बिरहरु) 

काठमाडौं, मंसिर २४ : आज ७३ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घ महासभाद्वारा सन् १९४८ डिसेम्बर १० का दिन मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ ।

सदाझैँ यस वर्ष नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदैछ।

मानवअधिकार दिवसको अवसरमा शुक्रबार बिहान राष्ट्रिय मानवअधिकार आयोग, सिविन नेपाल लगायत विभिन्न संघ संस्थाहरुले काठमाडौंमा र्‍याली निकालेका छन्। 

प्लेकार्ड र ब्यानरमा मानवअधिकार, महिला अधिकार, बालबालिकाको अधिकार सम्बन्धमा सचेतना जगाउने विभिन्न विषयवस्तु उल्लेख गरिएको छ। 


 

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्