Kathmandu Press

स्वास्थ्यमा छ सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ औँ तह सहचसव तहमा छ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्यमा छ सहसचिवको जिम्मेवारी हेरफेर
मोहन दुलाल

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ११ औँ तह सहचसव तहमा छ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

शुक्रवार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गरी स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकमा रमेश अधिकारीलाई नियुक्त गरेका छन् ।

Hardik ivf

व्यवस्थापन महाशाखामा रहेका मोहमद दाउदलाई हेटौडा स्थित प्रदेश ३ को निर्देशनालयको निर्देशकमा पठाइएको छ । अधिकारी दुई महिना अघि व्यवस्थापन महाशाखाबाटै फिर्ता बोलाएर मन्त्रालयमा फाजिलमा राखिएको थियो । दाउद व्यवस्थापन महाशाखाको निर्देशक हुनु अघि मन्त्रालयमा थिए ।

प्रदेश ३ मा निर्देशक रहेका यदुचन्द्र गौतमलाई रौतहट जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरिएको छ । लामो समयदेखि मन्त्रालयमा फाजिलमा रहेका खिमबहादुर खड्कालाई गण्डकी प्रदेश निर्देशनालयको निर्देशक बनाएर पठाइएको छ । गण्डकी प्रदेश निर्देशनालयका निर्देशक डा. तारा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदालिँदै पक्राउ परेपछि निलम्बनमा परेका थिए । रौतहट जिल्ला अस्पतालका मेसु विनोद गिरीलाई भने नुवाकोट जिल्ला अस्पताल पठाइएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति: १६:१९ बजे, बिहीबार, मंसिर २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्