प्रधानमन्त्री कार्यालयले भन्यो– संसदलाई उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन
बिहीबार पत्रकार सम्मेलनमा आयोजना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्रीले संसदलाई उपेक्षा नगरेको जनाएको छ।
काठमाडौं, असोज १६ : प्रधानमन्त्री बालेन शाहबाट संसद्लाई छल्ने वा उपेक्षा गर्ने काम नभएको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छ।
बिहीबार पत्रकार सम्मेलनमा आयोजना गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रधानमन्त्रीले संसदलाई उपेक्षा नगरेको जनाएको छ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने तयारी भएको तर, सोही समयमा बाढी आएपछि प्रधानमन्त्रीको सम्बोधन सान्दर्भिक नहुने अवस्था बनेको उनले बताए।
त्यस्तै, चालु आर्थिक वर्षका क्रियाकलाप प्रभावकारी रूपमा सम्पादन गर्ने सम्बन्धमा कार्यसम्पादन सम्झौता सम्पन्न भएको उनले बताए।
‘प्रधानमन्त्रीले भदौ १० गते प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने पूर्ण रूपमा तयारी भइसकेको थियो। त्यही बेला बाढी आयो र यो सान्दर्भिक भएन। कसैले पनि परिकल्पनाभन्दा माथिको विपद् भएर प्रधानमन्त्री जान चाहँदा पनि नमिलेको हो।त्यसैले संसद्लाई छल्ने, उपेक्षा गर्ने काम प्रधानमन्त्रीबाट भएको छैन,’ उनले भने।
यस्तै, उनले प्रधानमन्त्री कार्यालयका चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न संयुक्त बजार अनुगमन टोली गठन गरी बजार अनुगमनलाई तीव्रता दिने बताए।
अर्यालले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धिलगायतका गतिविधि नियन्त्रण गर्न संयुक्त रूपमा बजार अनुगमन टोली परिचालन गर्ने बताए।
उनले चालु आर्थिक वर्षका लागि विभिन्न मन्त्रालयबाट प्रस्तावित वार्षिक कार्यक्रमहरूको कार्ययोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरी विस्तृत कार्यान्वयन योजना लागू गर्ने निर्णय भएको जानकारी दिए।











