Kathmandu Press

पितृका नाममा पशुपतिमा दीपदान (तस्बिरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज देशभर मनाइँदै छ।
पितृका नाममा पशुपतिमा दीपदान (तस्बिरहरू)
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, मंसिर १७ : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज देशभर मनाइँदै छ।

बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छरेका छन्। यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन्। बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउन थालेका हुन्।

 

प्रकाशित मिति: ०८:३० बजे, शुक्रबार, मंसिर १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्