Kathmandu Press

सुजल श्रेष्ठ बने नेपाली फुटबल टिमको कप्तान 

काठमाडौं, भदौ ६ : नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानको जिम्मेवारी सुजल श्रेष्ठले पाएका छन्। 

मलेसियन क्लब जोहार डारुल टाजिम एफसी....

सुजल श्रेष्ठ बने नेपाली फुटबल टिमको कप्तान 

काठमाडौं, भदौ ६ : नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानको जिम्मेवारी सुजल श्रेष्ठले पाएका छन्। 

मलेसियन क्लब जोहार डारुल टाजिम एफसीसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो।

नियमित कप्तान विराज महर्जन टिममा पर्न असफल भएको र उपकप्तान किरण चेम्जोङ जापानमा ट्रायल दिन गएकाले कप्तानको जिम्मेवारी सुजललाई दिइएको हो। नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले सुजललाई कप्तानको जिम्मेवारी दिएको एन्फाले जनाएको छ।

नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहारसँग सोमबार उसकै घरेलु मैदानमा खेल्नेछ। नेपाली टोली शुक्रबार राति १० बजे मलेसिया प्रस्थान गर्दैछ। 

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपाली टोली मलेसिया जान लागेको हो।  एसियाको दोस्रो चरणको छनोटमा नेपाल अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज चाइपे रहेको समूह बी मा छ। 


 

प्रकाशित मिति: १७:२८ बजे, शुक्रबार, भदौ ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्