Kathmandu Press

महिला हिंसाविरुद्धको दिवसको अवसरमा धरहरामा झिलिमिलि (फोटोफिचर)

काठमाडौं, मंसिर ९ : नेपालमा महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा रातो बत्तीले धरहरा टावरलाई उज्यालो पारिएको छ । “सुन्तला विश्वः अब...
महिला हिंसाविरुद्धको दिवसको अवसरमा धरहरामा झिलिमिलि (फोटोफिचर)

काठमाडौं, मंसिर ९ : नेपालमा महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा रातो बत्तीले धरहरा टावरलाई उज्यालो पारिएको छ । 

“सुन्तला विश्वः अब महिलामाथि हुने हिंसा अन्त्य गरौं” भन्ने मुल नारासहित मनाईएको उक्त दिवसको अवसरमा रातो बत्तीले धरहरा टावरलाई उज्यालो पारिएको हो ।

महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको सिकार हुन्छन् भन्ने तथ्यबारे सचेतना फैलाउने उद्देश्यका साथ यस दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । आजैदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ ।

Hardik ivf

२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रूपमा विश्वभर मनाउने गरिएको छ । 

प्रकाशित मिति: २०:३९ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्