नेपाल बारको ‘सर्वोच्च-बालुवाटार’ मार्चपास (तस्बिरहरु)
काठमाडाैं, मंसिर ९ : नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनको मार्चपास सुरु भएको छ।न्यायालय र देश सुधारका लागि भन्दै सर्वोच्च...काठमाडाैं, मंसिर ९ : नेपाल बार एसोसिएसनको अग्रसरता नागरिक समाज र विभिन्न पेसागत संगठनको मार्चपास सुरु भएको छ।
न्यायालय र देश सुधारका लागि भन्दै सर्वोच्च अदालतदेखि सुरु भएको सो मार्चपास बालुवाटारसम्म गर्न लागिएको हो।
मार्चपासका सहभागीहरूले ‘प्रधानन्याधीशको बहिर्गमन’, ‘न्यायालय अवरुद्ध, नेताहरु अलमस्त’, ‘न्यायलय कि अन्यायलय’, ‘न्याय किनबेच बन्द गर’, ‘के संसदको काम सुतिरहने हो?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकोका थिए।
मार्चपास सुरु हुनुअघि आज बार परिसरमा उपस्थित भएकाहरूलाई सम्बोधन गर्दै बार पूर्वअध्यक्ष विश्वकान्त मैनालीले बालुवाटार नै भ्रष्टाचारको केन्द्रबिन्दु रहेको आरोप लगाए।
‘यो देशलाई सुधार गर्ने हो भने पहिले बालुवाटारको सुधार गर्नुपर्छ। त्यसकारण न्यायालय र देश सुधारको लागि सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्न लागिएको हो।’
न्यायपालिका सुधारका लागि बारले पवित्र उद्देश्यले आन्दोलन गरिरहेको उनको भनाइ थियो। नागरिक समाज पनि यस्तो आन्दोलनमा सहभागी भएर न्यायपालिका र देश सुधारका लागि ऐक्यबद्धता जनाउनु महत्वपूर्ण रहेको उनको भनाइ थियो।