प्रधानन्यायाधीशको राजीनामा माग्दै कानून व्यवसायी सर्वोच्च परिसरमा आज पनि धर्नामा
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
काठमाडौं, मंसिर ६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले सोमबार पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
सर्वोच्च अदालत केन्द्रित आन्दोलन जारी राख्दै नेपाल बार एसोसिएसनले यो साताका लागि आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार सोमबार प्रधानन्यायाधीश जबरालाई पदमुक्त गराउन राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
सिंहदरबारस्थित संसदीय दलका कार्यालयहरूमा पुगेर नेताहरूलाई ध्यानाकर्षण पत्र बुझाउने बारको योजना छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारले १४ कात्तिकदेखि निरन्तर आन्दोलन गर्दै आएको छ ।



प्रकाशित मिति: १०:५९ बजे, सोमबार, मंसिर ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(86)-1764936079.jpg)
