Kathmandu Press

हिरण्यकश्यपुको बधसँगै कात्तिक नाच सम्पन्न (तस्बिरहरू)

काठमाडौ, मंसिर २ : हिरण्यकश्यपु दैत्यको बधसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ। गत बुधबार साँझ ७ बजे चार नारायण मन्दिर अघिको...
हिरण्यकश्यपुको बधसँगै कात्तिक नाच सम्पन्न (तस्बिरहरू)

काठमाडौ, मंसिर २ : हिरण्यकश्यपु दैत्यको बधसँगै यस वर्षको कात्तिक नाच सम्पन्न भएको छ। गत बुधबार साँझ ७ बजे चार नारायण मन्दिर अघिको डबलीमा उक्त नाच प्रदर्शन गरिएको थियो। 

कात्तिक नाचको अन्तिम दिन विष्णु भगवानकाे चौथो अवतारका रूपमा नरसिंह अवरतारलाई मानिँदै आएको छ। नाचमार्फत नरसिंह (आजु) ले हिरण्यकश्यपुको बध गरेको कथा मञ्चन गरिएको थियो ।

विष्णु पुराणका अनुसार प्रह्लाद विष्णुका परमभक्त हुन्छन् । दैत्य महाराज हिरण्यकश्पुका छोरासमेत रहेका प्रह्लादको भगवान् विष्णुप्रतिको आस्था भक्ति दैत्यराज हिरण्यकश्यपुलाई मन परेको हुँदैन। 

Hardik ivf

अनेक प्रयास गर्दा पनि विष्णु भक्तिबाट छोरा प्रह्लादलाई छुटाउन नसक्दा उनले आगो छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकाको साथ मागेका छन्। आफ्नै छोरोलाई अग्निदहन गरी मार्ने चेष्टा गर्दा होलिका आफैं आगोमा जल्छिन्।

यसरी आफ्नो स्वार्थका निम्ति आफ्नै सन्तानलाई मार्न चेष्टा गर्ने हिरण्यकश्यपुको बधका लागि भगवान् विष्णुले नरसिंह आधा नर अर्थात् मानिस र आधा सिंहको अवरतार लिई उनको बध गर्छन्। सोही कथा नाचमा पनि प्रहसन गरिएको थियो। नाचको समापनमा अप्सरा नाच पनि मञ्चन गरिएको थियो। 

इसलाई सबैभन्दा लामो नाच मानिन्छ। आठ दिन लामो नाच आज बिहान २ बजे सम्पन्न भएको थियो। 

हिरण्यकश्यपुको भूमिकामा किरण चित्रकार, प्रह्लादको भूमिकामा सुवन शाक्य र प्रताप धर शर्माले नरसिंह अवतारको भूमिका निभाएका थिए।  

\


 

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, मंसिर २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्