टायर बालेर सडक अवरुद्ध गर्ने विप्लवका कार्यकर्ताको प्रयास, प्रहरीले गर्यो हस्तक्षेप (तस्बिरहरू)
नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध बनाउने प्रयास गरेका छन्।
काठमाडौं, कात्तिक ३० : नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध बनाउने प्रयास गरेका छन् ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध गर्दै उक्त पार्टीले मंगलबार नेपाल बन्द आह्वान गरेको छ, जसको काठमाडौं उपत्यकामा न्यून प्रभाव परेको छ ।
भद्रकाली र नयाँ बजारमा टायर बालेर सडक अवरुद्ध गराउने प्रयास प्रहरीले हस्तक्षेप गरी असफल बनाएको छ । दुवै स्थानमा गरी करिब १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रकाशित मिति: १४:३३ बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)