स्वदेश फर्किन दिन माग गर्दै दूतावास अगाडि चिनियाँ नागरिकहरूको प्रदर्शन
स्वदेश फर्किन दिन माग गर्दै मंगलबार चिनियाँ नागरिकहरूले काठमाडौं हात्तीसारस्थित आफ्नो कन्सुलर अगाडि प्रदर्शन गरेका छन् ।
काठमाडौं, कात्तिक ३० : स्वदेश फर्किन दिन माग गर्दै मंगलबार चिनियाँ नागरिकहरूले काठमाडौं हात्तीसारस्थित आफ्नो कन्सुलर अगाडि प्रदर्शन गरेका छन् ।
लामो समयदेखि नेपालमा अड्केका चिनियाँ नागरिकहरूले प्रदर्शन गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रमेश बस्नेतले काठमाडौं प्रेसलाई जानकारी दिए ।
उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरू अहिले होटलमा बसिरहेका छन् । काम नभएको ४–५ महिना भयो, दैनिक २५ सय खर्च भइरहेको छ ।
एक चिनियाँ नागरिकाका अनुसार नेपालमा अड्केका करिब दुई हजारजना छन् । कन्सुलर अगाडि धर्नामा बसेका ५० जना छन् ।









प्रकाशित मिति: १२:०० बजे, मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)