Kathmandu Press

तस्बिरमा हेर्नुहाेस् सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना

काठमाडाैं, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिएका...
तस्बिरमा हेर्नुहाेस् सर्वोच्चको मूलगेटमा वकिलहरूको धर्ना

काठमाडाैं, कात्तिक २८ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिएका छन् । 

आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले सर्वोच्चको मुल गेटभित्रै प्रवेश गरेर धर्ना दिइरहेका छन् ।

शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ।

 

 

 

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्