Kathmandu Press

‘होराइजन’मा हिमाल (फोटो फिचर)

यस वर्षको शरद ऋतु बिदा लिने तरखरमा छ । वर्षा सकिएर आकाश खुलेको छ अनि पर ‘होराइजन’मा टलक्क टल्केका हिमाल देखिन्छन् ।
‘होराइजन’मा हिमाल (फोटो फिचर)
तस्बिरहरु : सुजल बज्राचार्य

काठमाडौं, कात्तिक २८ : यस वर्षको शरद ऋतु बिदा लिने तरखरमा छ। वर्षा सकिएर आकाश खुलेको छ अनि पर ‘होराइजन’मा टलक्क टल्केका हिमाल देखिन्छन्।

सूर्योदय, बिहान, दिउँसो र सूर्यास्तको समयमा यी हिमालले रंग फेरिरहन्छन्। घामको किरणसँगै रूपरंग फेरिरहन्छन्, यी हिमालले। यस्तै विभिन्न रूपरंगमा प्रकट हुन्छन्, काठमाडौं उपत्यकाबाट टाढा टल्किइरहने यी हिमालले पनि।

हिउँ पर्न थालेकै छैन। त्यसैले हिमको आँचल शीरमा सिउरेका डाँडापाखा तल्लो क्षेत्रमा काला छन्। काला पहाड भन्नुजस्तै।

Hardik ivf

जब हिउँदे वर्षासँगै आकाशबाट भेडाको ऊनजस्तै बर्सिने हिउँले ढाक्नेछ, तब यी डाँडाकाँडाले पनि घामको किरणसँगै रंग फेरिरहनेछन्, पहेंलो, सेतो, बैजनी इत्यादि।

यिनै हिमाल त हुन्, नेपाली पर्यटनको आधार। यिनै हिमाल हेर्न बर्सेनि लाखौँ पर्यटक नेपाल आउँछन्। यिनै हिमालको चुचुरोमा पुग्न लालायित संसारभरका मानिसका पाइला शिखरतिर लम्किन्छन्।

हिउँद याममा हिमालको हिउँ छुँदै काठमाडौं उपत्यका प्रवेश गर्ने हावाले चिसो बनाउँछ, प्राकृतिक रेफ्रिजेरेटरजस्तो। पारिलो घाममा अहिले काठमाडौं उपत्यकाको आकाश खुलेको छ। उपत्यकावासीले झ्याल र छतबाटै एकाबिहानै हिमालको दर्शन गर्न पाइरहेका छन्, ‘बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस्’ गीतजस्तै।

 

प्रकाशित मिति: ०९:०० बजे, आइतबार, कात्तिक २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्