Kathmandu Press

यस्तो देखियो सांस्कृतिक नाटक ‘पचली भैरव’को प्रिमियर सो (फोटो फिचर)

बज्र कला कुञ्जको प्रस्तुतीमा ‘पचली भैरव’ नामक सांस्कृतिक नाटक बिहीबारदेखि मञ्चन भएको छ । नाटकको प्रिमियर सोमा स्रष्टा तथा ‘पचली भैरव’सँग सम्बन्धित गुठियार र संस्कृतिविद्को उपस्थिति थियो ।
यस्तो देखियो सांस्कृतिक नाटक ‘पचली भैरव’को प्रिमियर सो (फोटो फिचर)

काठमाडौं, कात्तिक २६ : बज्र कला कुञ्जको प्रस्तुतीमा ‘पचली भैरव’ नामक सांस्कृतिक नाटक बिहीबारदेखि मञ्चन भएको छ । नाटकको प्रिमियर सोमा स्रष्टा तथा ‘पचली भैरव’सँग सम्बन्धित गुठियार र संस्कृतिविद्को उपस्थिति थियो ।

सांस्कृतिक विषयमा नाटक मञ्चन गर्दै आएको बज्र कला कुञ्जले यसपटक ‘पचली भैरव’ दर्शकमाझ ल्याएको हो ।

कार्यक्रमको उद्घाटन चर्या नृत्यका गुरु तथा ज्ञाता यज्ञमान पति बज्राचार्यले गरेका थिए । नेपालको कला, संस्कृति, सम्पदाको उत्थान गर्न नाटक पनि एक सशक्त विधा भएको बज्राचार्यले बताए ।

Hardik ivf

नाटकको निर्देशन चन्द्रमान मुनिकारले गरेका छन् । कथा तथा परिकल्पना पनि निर्देशक मुनिकारकै हो । सह–निर्देशन इंगिहोपो कोंइच सुनुवारले गरेका छन् ।

‘पचली भैरव’ र ‘नई अजिमा’ (रुक्मिणी) को प्रेमकथामा आधारित उक्त नाटकले समाजमा रहेको असमान लैंगिक तथा जातीय विभेदलाई सम्बोधन गर्ने प्रयास गरेको नाटकका व्यवस्थापक तथा प्रमुख पात्र सुदन मुनिकारले बताए ।

उक्त नाटकले पचली भैरव उपत्यकामा कसरी आए, नई अजिमासँग उनको प्रेम सम्बन्ध, सोही कारण अजिमाले भोग्नुपरेकोे उतारचढावलाई दर्साएको छ । नाटककै माध्यमबाट एकल महिलाले समाजमा भोग्नुपर्ने असुन्तलित व्यवहारलाई पनि दर्साउन खोजिएको छ ।

गत बिहीबारदेखि मञ्च भएको नाटक ४ मंसिरसम्म मञ्चन हुनेछ । हरेक साँझ ५ः३० मा नाटक मञ्चन भइरहेको छ भने शनिबार दिउँसो १ बजे पनि अतिरिक्त सो हुनेछ ।

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, कात्तिक २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्