Kathmandu Press

पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू (फाेटाे फिचर)

काठमाडौं, कात्तिक २५ : पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ। ‘आजादीका अमृत महोत्सव’ को अवसरमा उक्त र्‍याली गरिएको हो।६ दिने र्‍यालीमा...
पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू (फाेटाे फिचर)

काठमाडौं, कात्तिक २५ : पशुपतिनाथ–काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली सुरू भएको छ। ‘आजादीका अमृत महोत्सव’ को अवसरमा उक्त र्‍याली गरिएको हो।

६ दिने र्‍यालीमा करिब ५० भारतीय तथा नेपाली मोटरसाइकलप्रेमीको सहभागिता छ। 

पशुपतिनाथ मन्दिरका मूल भट्ट, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले तथा भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रबाट मोटरसाइकल यात्राको सुरू गरेका छन्।

महोत्तरी, सारनाथ हुँदै काशी पुग्ने र्‍याली सोही रुट हुँदै फर्किनेछ। उक्त र्‍यालीले नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो र सुदृढ गरिने अपेक्षा गरिएको छ।

‘कनेक्टिङ काठमाडौं–टु–काशी’, ‘सिमेन्टिङ कल्चर बोन्ड’, ‘प्रोमोटिङ पिपल–टु–पिपल कनेक्ट’, ‘भारत–नेपाल मित्रता’ जस्ता प्रमुख उद्देश्यले उक्त र्‍याली गर्न लागिएको हो। 

मोटरसाइकल र्‍याली भएका कारण पनि विशेषतः नेपाल–भारतका युवाको सहभागिता ररहनेछ।

 

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्