Kathmandu Press

धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल (तस्बिरहरू)

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ।
धर्नामा रहेका वकिल र सुरक्षाकर्मीबीच सर्वोच्च परिसरमा धकेलाधकेल (तस्बिरहरू)

काठमाडौं, कात्तिक २५ : सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका नेपाल बार एसोसिएसनका वकिल र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका वकिहरुले अदालतभित्रै आन्दोलन गर्न पाउनुपर्ने भन्दै भित्र प्रवेश गर्न थाल्ने क्रममा प्रहरीसँग धकेलाधकेल भएको हो।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले बिहान १० बजेदेखि कालोपट्टी बाँधेर धर्ना दिइरहेको छ।

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, कात्तिक २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्