Kathmandu Press

ओली सरकार पञ्चायत र ज्ञानेन्द्र पथमा हिँड्योः देउवा

पोखरा, साउन ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पञ्चायत र ज्ञानेन्द्र शाह....

ओली सरकार पञ्चायत र ज्ञानेन्द्र पथमा हिँड्योः देउवा
फाइल

पोखरा, साउन ३१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पञ्चायत र ज्ञानेन्द्र शाहको पथमा हिडेको आरोप लगाएका छन्।

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी प्रदेशको पोखरामा शुक्रबार गरेको  प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै सभापति देउवाले मानव अधिकार र प्रेस स्वतन्त्रताको हनन गर्ने गरी ल्याएको विधेयक प्रजातन्त्र मास्नको लागि भएको दाबी गरे। 

Hardik ivf

‘कांग्रेसले भनेको समाजवादमा प्रजातन्त्र रहन्छ, त्यसैमा जनताका सवै मौलिक हक र अधिकार पनि रहन्छन्। वर्तमान कम्युनिष्ट सरकारले भनेको समाजवादमा प्रजातन्त्र नै रहँदैन,  अनि कसरी नागरिकका अभिव्यक्ति स्वतन्त्रता, आधारभूत प्रेस तथा मानव अधिकार सुरक्षिता हुन्छ,’ देउवाले भने।

वर्तमान सरकारले एक दलीय व्यवस्थाको सुरुवात गरेको भन्दै सभापति देउवाले जनताका अधिकार विरोधी विधेयक संसदमा ल्याएको टिप्पणी गरे। उनले कांग्रेस प्रजातन्त्रका लागि जन्मेकाले कसैसँग सम्झौता नगर्ने बताए। 

देउवाले कांग्रेस सुदृढीकरणका लागि नेता कार्यकर्तामा अनुशासनको विषय कडाइका साथ कार्यान्वयन गरिने बताए। 

शनिबारसम्म चल्ने दुई दिने प्रशिक्षणमा डा. जगदिशचन्द्र पोख्रेल, पुरुषोत्तम दाहाल, डा. गोविन्द पोख्रेल, खिलानाथ दाहाल लगायतले प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी चार सय सहभागी छन्। प्रशिक्षणमा गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी चार सय सहभागी भएको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य सरस्वती गुरूङले  जानकारी दिईन् । 

प्रकाशित मिति: १६:१४ बजे, शुक्रबार, साउन ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्