Kathmandu Press

कमलपोखरीमा छठको रौनक (फाेटाे फिचर)

छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुको ठूलो भीड लागेको थियो। भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ।
कमलपोखरीमा छठको रौनक (फाेटाे फिचर)

काठमाडाैं, कात्तिक २४ : आज देशभरका विभिन्न तलाउ, नदिनालामा छठ पर्वको रौनक छ । काठमाडौंका कमलपोखरी, पशुपतिलगायतका विभिन्न ठाउँमा अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदै छठ पर्व मनाइँदै छ।

छठ पर्वका लागि कमलपोखरीलाई झकिझकाउ पारिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ्य दिन व्रतालुको ठूलो भीड लागेको थियो। भौतिक पूर्वाधार निर्माण गरिएको र पोखरीसमेत सफाइ गरिएकाले यसपालि कमलपोखरी आकर्षक बनेको छ।

कमलपोखरीमा राष्ट्रपति विद्यादेवी भण्डारीले छठीमाईको समेत दर्शन गरेकी थिइन्। बिहीबार बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सकिन्छ।

प्रकाशित मिति: २०:०८ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्