पशुपतिको छठघाटमा पुगिन् राष्ट्रपति (फोटो फिचर)
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न पशुपतिनाथ मन्दिरनजिक छठघाट पुगेर छठी माताको पूजा अर्चना गरेकी छन् ।काठमाडौं, कात्तिक २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपराह्न पशुपतिनाथ मन्दिरनजिक छठघाट पुगेर छठी माताको पूजा अर्चना गरेकी छन् ।
वागमती नदी किनारमा बनाइएको छठघाटमा पुगेर उनले श्रद्धालुमाझ पूजा आराधना गरेकी हुन् ।
छठपर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ । कात्तिक शूक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुनेछ ।
तराई मधेशसहित काठमाडौंलगायत पहाडी भेगमा पनि छठ पर्व भव्यताका साथ मनाइँदैछ । देशभर हर्षोल्लाससहित छठ मनाउन सरकारले बुधबार सार्वजनिक विदा नै दिएको थियो ।
प्रकाशित मिति: १७:०७ बजे, बुधबार, कात्तिक २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१
चितवन प्रहरीले पनि लियो रवि र छविसहित १० जनाविरूद्ध पक्राउ पुर्जीशुक्रबार, मंसिर ७, २०८१
महाकाली सन्धिको नाममा एमालेलाई विभाजन गर्ने प्रयास भयो: शंकर पोखरेलशुक्रबार, मंसिर ७, २०८१
नयाँ बसपार्कबाट सार्वजनिक बस सञ्चालन गर्ने महानगरको निर्णय भएन कार्यान्वयनशुक्रबार, मंसिर ७, २०८१