Kathmandu Press

सांस्कृतिक नाटक ‘पचली भैरव’ प्रदर्शन हुँदै (फोटोफिचर)

काठमाडौं, कात्तिक २४ : बज्र कला कुञ्जको प्रस्तुतिमा ‘पचली भैरव’ नामक सांस्कृतिक नाटक मञ्चन हुँदैछ।कात्तिक २५ गते बिहीबार (भोलि) बाट मञ्चन हुन लागेको उक्त...
सांस्कृतिक नाटक ‘पचली भैरव’ प्रदर्शन हुँदै (फोटोफिचर)

काठमाडौं, कात्तिक २४ : बज्र कला कुञ्जको प्रस्तुतिमा ‘पचली भैरव’ नामक सांस्कृतिक नाटक मञ्चन हुँदैछ।

कात्तिक २५ गते बिहीबार (भोलि) बाट मञ्चन हुन लागेको उक्त नाटकको निर्देशन चन्द्रमान मुनिकारले गरेका छन्। कथा तथा परिकल्पना पनि निर्देशक मुनिकारकै रहेको छ। इँगिहोपो कोंइच सुनुवार उक्त नाटकका सहनिर्देशक हुन्।

पचली भैरव र नई अजिमा (रुकमिणी) को प्रेमकथामा आधारित उक्त नाटकले समाजमा रहेको असमान लैंगिक तथा जातीय विभेदलाई सम्बोधन गर्ने प्रयास गरेको नाटकका व्यवस्थापक तथा प्रमुख पात्र सुदन मुनिकार बताउँछन्। नाटकमा सुदनसहित अन्य १० कलाकार छन्। 

Hardik ivf

प्रमुख पात्रका रूपमा रहेका पचली भैरव र नई अजिमाको प्रेमकथामा केन्द्रित उक्त नाटकले काठमाडौं उपत्यकामा पचली भैरवको प्रवेश, नई अजिमासँग उनको प्रेम सम्बन्ध, प्रेमकै कारण अजिमाको जीवनमा आएको उतारचढावलाई दर्साउने उनी बताउँछन्।

‘नाटककै माध्यमबाट एकल महिलाले समाजमा भोग्नुपर्ने असन्तुलित व्यवहारलाई पनि नाटकमार्फत देखाउन खोजिएको छ,’ उनी भन्छन्। 

नाटक टेकुस्थित कौसी थिएटरमा मञ्चन हुनेछ। नाटक मंसिर ४ गतेसम्म चल्नेछ। नाटकका लागि काठमाडौं महानगरपालिकाको पनि सहयोग रहेको छ। 

 

प्रकाशित मिति: १३:५० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्