प्रधानन्यायाधीशविरुद्ध नेपाल बारमा वकिलहरूको प्रदर्शन (फोटो फिचर)
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।काठमाडौं, कात्तिक २२ : प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले सोमबार पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ लेखिएको ब्यानरसहित उनीहरूले प्रदर्शन गरेका हुन् । सोमबार बारबाट सर्वोच्च अदालत प्रांगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ ।
वकिलहरूले तिहार अघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले प्रदर्शनलाई निरन्तरता दिएको हो ।
१२ कात्तिकमा बसेको बारको बैठकले जबरालाई प्रधानन्यायाधीश पदबाट राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको थियो । तर, जबराले अहिलेसम्म राजीनामा नदिएपछि आन्दोलन चर्काउने तयारीमा बार छ ।
प्रकाशित मिति: ११:५८ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी होशनिबार, मंसिर ८, २०८१
दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवानाशनिबार, मंसिर ८, २०८१
देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमानशनिबार, मंसिर ८, २०८१
भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशनशुक्रबार, मंसिर ७, २०८१