Kathmandu Press

तिहारका लोक परिकार अर्सा र एैठे

तिहार आउने अनि घरमा अर्सा नपाके त मजा नै आएन नि ! अर्सा र ऐठे नेपालका लोक परिकार हुन् ।
तिहारका लोक परिकार अर्सा र एैठे

काठमाडौं, कात्तिक २० : तिहार आउने अनि घरमा अर्सा नपाके त मजा नै आएन नि ! अर्सा र ऐठे नेपालका लोक परिकार हुन् ।

तिहारमा यी दुवै घर–घरमा पाक्छन् । तिहारमा यी दुवै परिकारले ठूलो महत्त्व राख्छन् । तिहारमा सेलरोटी संस्कार भए पनि तराई र धेरै पहाडी जिल्लामा अर्सा र एैठे प्रायः सबैको चुलोमा पाक्छन् । दुवै परिकार बनाउन खासै गाह्रो पनि छैन । भाइटीका गर्दा निकै स्वादिष्ट परिकारको रूपमा लिन सकिन्छ अर्सा र एैठेलाई । अर्सा चामलको पिठो,घिउ र खुँदोबाट बनाइने मिठो गुलियो पुरीजस्तो पातलो रोटी हो । सख्खर या खुदोको प्रयोगले यो कैलो रंगको हुन्छ । धेरै लामो समय नबिग्रिने भएकाले यात्रामा जाँदा सामलको रूपमा खान पनि प्रयोग गरिन्छ ।

Hardik ivf

खाजाको रूपमा होस् या बिहानको ब्रेकफास्ट, नेपालीलाई खुब मन पर्ने अर्सा र एैठे तरकारी, अचार या चिया जेसँग पनि खान मिल्छ । छोप अचारसँग त झनै स्वादिष्ट हुन्छ यो । नेपाली मौलिक र परम्परागत यी दुवै परिकार युवापुस्ताबीच अपरिचित छन् । स्वास्थ्य र स्वादको खजनाको रूपमा चिनिएका दुवै परिकार कसरी घरमै बन्छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

अर्सा बनाउँदा चाहिने सामग्री : चामल– आधा केजी, सख्खर–एक कप, घ्यु– एक कप, तेल–फ्राइ गर्न आवश्यकताअनुसार, सोडा– आधा चिया चमच

चामललाई केही समय भिजाएर एक घण्टा घाम या फ्यानको हावामा सुकाउने र ग्रान्डरमा मसिनो गरी पिस्ने । जालीमा राखेर राम्ररी छान्ने र एक साइडमा राख्ने । ननस्टिक प्यानमा सख्खरलाई पगाल्ने र एकछिन पकाउने । खुँदोजस्तो हुनासाथ चामलको पिठो हालेर हुडाल्ने र अन्त्यमा बेकिङ पाउडर हालेर चलाई निकाल्ने । केहीबेर चिसो हुनासाथ केराको पात ओछ्याएर सानो–सानो डल्लाको पेडा बनाई थिचेर फिजाई बाबर बनाउने र घ्यु र तेल मिसाएर सानो आचमा तताएर तार्ने । हल्का थिचेर पकाउने र गोल्डन ब्राउन हुनासाथ निकालेर एक साइडमा राख्ने । र, सबै पकाइसकेर सर्भ गर्ने ।

अर्सा चिसो पनि खाने गरिन्छ । अर्सामा काजु, बदाम, नरिबल पनि प्रयोग गर्ने चलन छ । कतै कतै अर्सालाई भेलीरोटी पनि भनेर चिनिन्छ ।

एैठे बनाउन चाहिने सामग्री : कोदोको पिठो– २ कप, मैदा– एक कप, मसिनो धुलो चिनी–३ चिया चमच, बेकिङ पाउडर– आधा चिया चमच, शुद्ध घ्यु– एक कप, तेल– तार्न आवश्यकताअनुसार, चास्नी– एक कप

एैठे बनाउने तरिका : एैठे बनाउन दुवै पिठोलाई राम्ररी चालेर दुई चिया चमच घ्यु, पिठो चिनी, बेकिङ पाउडर हालेर राम्ररी चलाउने । आवश्यकताअनुसार पानी हालेर ठिक्कको डो तयार गर्ने र २० मिनट रेस्टका लागि छोपेर राख्ने । स–साना डल्ला बनाई फिंगर सेभ दिने र डोरीजसरी बाटेर एक साइडमा राख्ने । बाक्लो तावामा बाँकी घ्यु र आवश्यकताअनुसार तेल हाली तताउने । यसको मौलिक र रैथाने नाम एैठे हो ।

प्रकाशित मिति: १६:१६ बजे, शनिबार, कात्तिक २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्