खुल्यो बालगोपालेश्वर मन्दिर, भाइटीकामा व्यस्त भक्तजन (फोटो फिचर)
भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार बिहानैदेखि भाइटीका लगाउनेहरूको भीड छ ।
काठमाडौं, कात्तिक २० : भाइटीकाको दिन मात्र खुल्ने रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिरमा शनिबार बिहानैदेखि भाइटीका लगाउनेहरूको भीड छ ।
दिदीबहिनी नहुनेहरूले बालगोपालेश्वरमा गएर भाइटीका लगाउने गर्छन् । सोही कारण भाइटीकाको दिन बालगोपालेश्वर मन्दिर खोल्ने प्रचलन छ, जुन वर्षमा एकपटक मात्र खुल्छ ।
१२ वैशाख ०७२ को महाभूकम्पबाट यो मन्दिर भत्किएको थियो । पुनर्निर्माण सकिएपछि पनि कोरोना महामारीका कारण गत वर्ष भाइटीका प्रभावित भएको थियो । यस वर्ष भने कोरोना प्रसार घटेको मौकामा भाइटीका सहज बनेको छ ।







प्रकाशित मिति: ११:०६ बजे, शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)