पशुपतिमा मनाइयो गाई तिहार (फोटो फिचर)
गाई तिहारको अवसरमा बिहीबार पशुपति क्षेत्रमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिएको छ। पशुपतिका सर्वसाधारण र बटुकहरूले मीठो खानेकुरा खुवाउँदै गाईको पूजा गरेका हुन्।
काठमाडौं, कात्तिक १८ : गाई तिहारको अवसरमा बिहीबार पशुपति क्षेत्रमा लक्ष्मीको प्रतीक मानिने गाईको पूजा गरिएको छ । पशुपतिका सर्वसाधारण र बटुकहरूले मीठो खानेकुरा खुवाउँदै गाईको पूजा गरेका हुन् ।
जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर पूजा गर्दा मृत्युपछि पौराणिक आख्यानमा उल्लेखित वैतरणी नदी तरिने जनविश्वास रहिआएको छ ।
गाईको दूध, गहुँत र गोबरलाई पवित्र मान्ने हिन्दू परम्परा छ । हरेक वर्ष लक्ष्मी पूजाका दिन गाई तिहार मनाउने गरिन्छ ।
हिन्दू परम्परामा गाईलाई पवित्रताको प्रतीक पनि मानिन्छ । लक्ष्मी पूजाको दिन गाईलाई मिठा परिकार खुवाउँदै पूजा गर्दा पवित्रता प्राप्त हुने मान्यता पनि रहिआएको छ ।









प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, कात्तिक १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)