फूलको झिलिमिली (फोटो फिचर)
सडक किनारामा फूल खरिद–बिक्रीको लहर नै छ। साँझपख घर–घरमा सजाइएका बत्तिले झिलीमिली देखिने काठमाडौं उपत्यकाका सडक किनारा दिउँसो बिक्रीमा राखिएका थरिथरिका फूलले सजिएको छ।
काठमाडौं, कात्तिक १८ : दीपावलीको माहोलमा काठमाडौं सहर र सडक यतिबेला झिलिमिली छन् ।
सडक किनारामा फूल खरिद–बिक्रीको लहर नै छ । साँझपख घर–घरमा सजाइएका बत्तिले झिलीमिली देखिने काठमाडौं उपत्यकाका सडक किनारा दिउँसो बिक्रीमा राखिएका थरिथरिका फूलले सजिएको छ ।
बिहीबार लक्ष्मीपूजा, बिहानैदेखि फूल खरिद गर्नेहरू सडकमा निस्केका छन् । यो लहर शुक्रबार पनि जारी रहने छ ।
न्युरोड, असनलगायत अत्यधिक व्यापार हुने काठमाडौंका मुख्य केन्द्रहरूमा व्यापारी र ग्राहकको भिडभाड छ । कोरोना प्रसार कम हुँदै गएको मेसोमा मानिस निर्धक्क तिहारका सामान खरिद गर्न निस्किरहेका छन् ।
तिहारमा खासगरी सयपत्री फूलको प्रयोग बढी हुन्छ । त्यसपछि आउँछन्, मखमली, गोदाबारीलगायत फूल । घर सजाउनदेखि पूजा गर्नसम्म सयपत्रीको माला बनाइन्छ । तिहारमा सयपत्रीको व्यापारबाट किसान पनि लाभान्वित हुने गर्छन् ।





















-(86)-1764936079.jpg)