Kathmandu Press

सर्वोच्च परिसरमा प्रदर्शन जारी : एकातिर कालो पट्टीमा अर्कातिर सेतो (तस्बिरहरू)

काठमाडौं, कात्तिक १७ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन्।नेपाल बार एसोसिएसनको अगुवाइमा उनीहरूले हातमा...
सर्वोच्च परिसरमा प्रदर्शन जारी : एकातिर कालो पट्टीमा अर्कातिर सेतो (तस्बिरहरू)

काठमाडौं, कात्तिक १७ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि कानुन व्यवसायीहरूले प्रदर्शन जारी राखेका छन्।

नेपाल बार एसोसिएसनको अगुवाइमा उनीहरूले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन्।

प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनाका लागि बारले दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन हो। तर प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि सारेका  छन्। उनी  सकेसम्म राजीनामा नदिने पक्षमा छन्।

तर जबराले राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने  कानुन व्यवसायीहरूले बताएका छन्। 

यता स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीको समूह भने बारविरूद्ध उभिएकाे छ। बारले अदालतभित्र राजनीति छिराएको र न्यायाधीशहरुले मुद्दा नहेरेर मानवता विरुद्धको काम गरेको साे समूहकाे आरोप छ।

बारले प्रधानन्यायाधीशको राजीनामा माग्नु गलत रहेको उनीहरुको भनाइ छ। स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायीका तर्फबाट सेताे पट्टी बाँधेर प्रदर्शनमा उत्रिएकाहरूले दबाबकाे शासन अन्त्य हुनुपर्ने र विधिकाे शासन कायम हुनुपर्ने आवाज उठाएका छन्। 

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्