Kathmandu Press

सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (फोटो फिचर)

नेपाली सेनाको भक्तपुरस्थित भैरव बाहन गुल्ममा कुकुर तिहारको अवसरमा बुधबार सैनिक कुकुर तथा कला प्रदर्शनी आयोजना गरियो ।
सेनाको भैरव वाहन गुल्ममा कुकुर तिहार (फोटो फिचर)

काठमाडौं, कात्तिक १७ : नेपाली सेनाको भक्तपुरस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारको अवसरमा बुधबार सैनिक कुकुर तथा कला प्रदर्शनी आयोजना गरियो ।

हरेक कार्तिक कृष्ण चर्तुदशीमा भैरवको वाहन कुकुरको पूजा गर्ने हिन्दु परम्परा छ । कुकुरलाई मानिसको निकट साथी मानिन्छ । र, मानिसको आज्ञाकारी र रक्षक पनि मान्ने गरिएको छ ।

नेपाली सेनाले १८ वर्षयता संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कुकुरलाई पनि सहभागी गराउँदै आएको छ ।

Hardik ivf

कुकुरलाई अपराध अनुसन्धान र सुरक्षामा अब्बल सहयोगी मान्ने गरिएको छ । सोही कारण द्वन्द्वरत मुलुकमा हतियार र विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरलाई प्रयोग गरिँदै आएको छ ।

नेपाली सेनाका अनुसार द्वन्द्वरत मुलुक लाइबेरियामा नेपाली शान्ति सैनिक डफ्फाले पहिलोपटक ०५९ सालमा कुकुर पनि पठाएको थियो ।

सरकारले ०५५ सालमा पहिलोपटक सेनामा तालिमप्राप्त सैनिक कुकुर राख्न थालेको हो । सोही वर्ष भारतबाट १२ वटा कुकुर ल्याएर तालिम दिन थालेको हो । भक्तपुर गट्ठाघरस्थित भैरव बाहन गुल्ममा हाल जर्मन सेफेर्ड २३, ल्याब्रोडोर ५५, ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज एक कुकुर छन् ।

प्रकाशित मिति: १२:४९ बजे, बुधबार, कात्तिक १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्