Kathmandu Press

धन्तेरसको किनमेल (फोटो फिचर)

दिपावलीको किनमेलका लागि आजको दिन उत्तम मान्ने गरिएको छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी खुशी भई धनधान्यले पूर्ण गराउने जनविश्वास रहिआएको छ।
धन्तेरसको किनमेल (फोटो फिचर)

काठमाडौं, कात्तिक १६ : मंगलबार धन्वन्तरी जयन्ती अर्थात् धन्तेरस । आजको दिनलाई धन त्रयोदशी पनि भनिन्छ ।

खासगरी, दिपावलीको किनमेलका लागि आजको दिन उत्तम मान्ने गरिएको छ । आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी खुशी भई धनधान्यले पूर्ण गराउने जनविश्वास रहिआएको छ ।

धन्तेरसको दिन कमलको फूलमाथि बसेकी लक्ष्मी र गणेशको मूर्ति अनि तस्बिर घरमा भित्र्याउँदा फलदायी हुने जनविश्वास पनि छ । भगवती लक्ष्मी फूलमाथि बसेकै तस्बिर या मूर्ति घरमा भित्र्याउँदा अन्न र सम्पत्ति पनि घरमा भित्रिने र लक्ष्मीको वास हुने धार्मिक मान्यता पाइन्छ ।

स्टिल, तामा, पित्तल, सुनचाँदीलगायतका भाँडा र गरगहना खरिद गर्ने उत्तम दिन पनि मानिन्छ, धन त्रयोदशीलाई । धनतेरसको दिन किनेका सामान घरको पूर्वोत्तर अर्थात इशान कोणमा राखिनुपर्ने विश्वास पनि छ । त्यसरी खरिद गरेका सामान अरूलाई उपहार दिनु राम्रो मानिँदैन ।

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्