Kathmandu Press

प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि आन्दोलनमा कानून व्यवसायी (तस्बिरहरू)

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि कानून व्यवसायीले आन्दोलन जारी राखेका छन्।
प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि आन्दोलनमा कानून व्यवसायी (तस्बिरहरू)

काठमाडौं, कात्तिक १६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि कानून व्यवसायीले आन्दोलन जारी राखेका छन् ।

उनीहरूले रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरमा धर्ना र सभा गरे । प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारले बुधबारसम्मको समय दिएको छ ।

बारको नेतृत्वमा हातमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरू आन्दोलनमा छन् । प्रधानन्यायाधीश जबराले अदालतमा विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता र गरिमा कायम राख्न नसकेको उनीहरूको आरोप छ । गत आइतबारदेखि कानून व्यवसायीले आन्दोलन थालेका हुन् ।

प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्