प्रधानन्यायाधीशको राजीनामा माग्दै तेस्रो दिन पनि आन्दोलनमा कानून व्यवसायी (तस्बिरहरू)
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि कानून व्यवसायीले आन्दोलन जारी राखेका छन्।
काठमाडौं, कात्तिक १६ : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै तेस्रो दिन पनि कानून व्यवसायीले आन्दोलन जारी राखेका छन् ।
उनीहरूले रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरमा धर्ना र सभा गरे । प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारले बुधबारसम्मको समय दिएको छ ।
बारको नेतृत्वमा हातमा कालोपट्टी बाँधेर कानून व्यवसायीहरू आन्दोलनमा छन् । प्रधानन्यायाधीश जबराले अदालतमा विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता र गरिमा कायम राख्न नसकेको उनीहरूको आरोप छ । गत आइतबारदेखि कानून व्यवसायीले आन्दोलन थालेका हुन् ।


प्रकाशित मिति: १३:०३ बजे, मंगलबार, कात्तिक १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)