Kathmandu Press

असन-इन्द्रचोकमा तिहारको किनमेल (फोटो फिचर)

नेपालीहरूको दोस्रो मुख्य चाड तिहार सुरु हुनै लाग्दा बजारमा किनेमेल गर्नेहरूको चहलपहल बढिरहेको छ।
असन-इन्द्रचोकमा तिहारको किनमेल (फोटो फिचर)
तस्वीरहरु : सुजल बज्राचार्य

काठमाडौं, कात्तिक १६ : नेपालीहरूको दोस्रो मुख्य चाड तिहार सुरु हुनै लाग्दा बजारमा किनेमेल गर्नेहरूको चहलपहल बढिरहेको छ।

तिहारको बेला सबैभन्दा भिड लाग्ने ठाउँ असन, इन्द्रचोकलगायत आसपासका क्षेत्रमा भाइमसला, ढाकाटोपी, टीका, माला, पाला, घर झिलिमिली पार्ने सामग्री, तामापित्तलका भाडा, दियो, विधि पूजासामग्री, फूल आदि बिक्री गर्ने र किन्नेको भीडले बजारको रौनक बढेको छ।

व्यापारिक दृष्टिकोणले दसैंको तुलनामा तिहारलाई महत्वपूर्ण मान्ने गरिन्छ। किनकि दसैंमा सीमित सामग्रीको मात्र बढी किनमेल हुने भए पनि तिहारमा भने विविध सामग्रीले व्यापारिक महत्त्व पाउने गर्छन्।

Hardik ivf

तिहार सुरु हुनै लाग्दा सोमबार असन–इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेहरूको भीड लागेको छ। अझ लक्ष्मीपूजा र त्यसको अघिल्लोको अघिल्लो दिन बजारमा झनै ठुलो भिड लाग्ने गर्दछ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार आजदेखि शुरु भएको छ। पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदैछ। भोलि कात्तिक १७ गते बुधबार कागतिहार र कुकुरतिहार परेको छ। कात्तिक १८ गते बिहीबार लक्ष्मीपूजा परेको छ भने त्यसको भोलिपल्ट गोवर्धनपूजा परेको छ। नेवाः समुदायले सोही दिन म्हपूजा (आफ्नै  शरीरको  पूजा) गर्ने  गर्दछन्। त्यही दिन नेपाल सम्वत् ११४२ पनि प्रारम्भ हुन्छ। उक्त दिनलाई न्हूँदः (नयाँ वर्ष) पनि भनिन्छ।

कात्तिक २० गते शनिबार भाइटीका परेको छ। नेवाः समुदायमा भाइटीकालाई किजापूजा पनि भन्ने गरिन्छ। यसपालि बिहान ११ बजेर २ मिनेटमा भाइटीकाको उत्तम साइत परेको छ।

तिहारका यी सबै दिन विशेष हुने गर्दछन्। यतिबृला हुने पूजाका लागि विशेष सामग्रीहरूको आवश्यकता पर्ने गर्दछ। आवश्यक साग्रीको जोहो गर्न मानिसहरू बजारमा निस्कने भएकाले भीड बढ्ने गरेको छ।

 

प्रकाशित मिति: ०८:२६ बजे, मंगलबार, कात्तिक १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्