नेपाल बारमा वकिलबाहेकलाई प्रवेशमा कडाइ
नेपाल बार एसोसिएसनको रामशाहपथस्थित केन्द्रीय कार्यालयमा कानून व्यवसायीबाहेकलाई प्रवेशमा कडाइ गरिएको छ।
काठमाडौं, कात्तिक १५ : नेपाल बार एसोसिएसनको रामशाहपथस्थित केन्द्रीय कार्यालयमा कानून व्यवसायीबाहेकलाई प्रवेशमा कडाइ गरिएको छ ।
‘माथिको आदेश’ भन्दै प्रहरीले पत्रकारहरूलाई पनि बार परिसरमा प्रवेशमा कडाइ गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन माग गर्दै बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।
आन्दोलन चर्किँदै जाँदा सर्वोच्च अदालत प्रवेशमा पनि प्रहरीले कडाइ अपनाएको छ । माइतीघरदेखि सर्वोच्च अदालतसम्म प्रधानन्यायाधीश जबराको बहिर्गमन र अदालत खोल्नुपर्ने माग गर्दै दुईथरि समूह आन्दोलनमा छन् ।
प्रकाशित मिति: १३:०२ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)