Kathmandu Press

केशरमहलस्थित राहदानी विभागमा थेगिनसक्नु भिड (फोटो फिचर) 

आज बिहानैदेखि त्यहाँ मानिसहरूको भिड लागिरहेको छ। खासमा आज राहदानी विभागले टोकन बाढ्ने दिन भएकाले मानिसहरूको भिड लागेको हो।
केशरमहलस्थित राहदानी विभागमा थेगिनसक्नु भिड (फोटो फिचर) 

काठमाडौं, कात्तिक १४ : यतिखेर तपाईं काठमाडौंको केशरमहलस्थित परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभाग आसपासमा पुग्नुभयो भने मानिसहरूको थेगिनसक्नुको भिडभाड देख्न सक्नुहुन्छ।

उक्त विभागको मूलगेटबाट लैनचौरतर्फको सडकपेटीमा मानिसहरूको लामो लाइन उत्तरढोकासम्म पुगेको पनि देख्नुहुन्छ। त्यो अरू केही नभएर राहदानी बनाउननेहरूको लाइन हो।

आज बिहानैदेखि त्यहाँ मानिसहरूको भिड लागिरहेको छ। खासमा आज राहदानी विभागले टोकन बाढ्ने दिन भएकाले मानिसहरूको भिड लागेको हो।

बुधबारदेखि शुक्रबारम्म गत मंगलबार टोकन लिएकाहरुले राहदानी बनाउने पालो रहेकाले शनिबारको बिदापछि आज टोकन बाँड्ने दिन हो। टोकन नपाइएला भनेर राति १ बजेदेख नै लाइन लाग्न आएकाहरू पनि त्यहाँ भेटिएका थिए।

आइएलटिएस रिजल्ट आएकाले पनि विदेश पढ्न जान चाहनेहरू पनि यहीबेला राहदानी बनाउन त्यहाँ पुगेका छन्। राहदानी नवीकरण गर्नेहरु थुप्रै पुगेका छन्। विभागले दैनिक ६ सयसम्म टोकन दिने गरेको भए  पनि आइतबार दुई हजारभन्दा बढी मानिस लाइन लागेका छन्।

 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्