Kathmandu Press

यस्तो देखियो बारको आन्दोलन (फोटोफिचर)

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
यस्तो देखियो बारको आन्दोलन (फोटोफिचर)

काठमाडौं, कात्तिक १४ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

यस्तै, जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन्।

बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो। आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेको छ।

 

प्रकाशित मिति: ११:५६ बजे, आइतबार, कात्तिक १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्