Kathmandu Press

जावलाखेलमा ‘गोदावरी पुष्प मेला’ (फोटो फिचर)

ललितपुर जावलाखेलमा शुक्रबारदेखि १४औँ ‘गोदावरी पुष्प मेला’ सुरु भएको छ ।
जावलाखेलमा ‘गोदावरी पुष्प मेला’ (फोटो फिचर)

काठमाडौं, कात्तिक १२ : ललितपुर जावलाखेलमा शुक्रबारदेखि १४औँ ‘गोदावरी पुष्प मेला’ सुरु भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गरेको मेला १५ कात्तिकसम्म चल्नेछ । पुष्प विकास केन्द्रको सहयोगमा मेला आयोजना गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले पुष्प मेला उदघाटन गरे । एसोसिएसनका अनुसार आसन्न दुई चाडहरू दीपावली र छठलाई लक्ष्य गरी मेला आयोजना गरिएको हो ।

Hardik ivf

प्रदर्शनीमा ४४ वटा व्यावसायिक र चारवटा सूचनामूलक गरी ४८ वटा स्टल छन् । मेला सञ्चालनका लागि १६ लाख रुपैयाँ खर्च हुने अनुमान छ । वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मेलाका लागि आर्थिक सहयोग गरेको छ । मेला हेर्न जान विद्यार्थीलाई ५० र अन्यलाई एक सय रुपैयाँ शुल्क तोकिएको छ ।

प्रकाशित मिति: १३:४० बजे, शुक्रबार, कात्तिक १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्