Kathmandu Press

दुई किलो ५०० ग्राम चरेससहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक ११ : काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका बालाजु बोहराटार बस्ने...
दुई किलो ५०० ग्राम चरेससहित दुई जना पक्राउ

काठमाडौं, कात्तिक ११ : काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट दुई किलो ५०० ग्राम चरेससहित दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका बालाजु बोहराटार बस्ने १९ वर्षीय युवराज स्याङ्बो र जुलावसिंह स्याङ्बो रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्रबाट गए राति खटिएको टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथमा चरेस फेला पारेपछि पक्राउ गरिएको जनाइएको छ।

Hardik ivf

यसैबीच सोही ठाउँस्थित सडकबाट १५० ग्राम गाँजा र ९०० ग्राम चरेससहित ललितपुर महालक्ष्मी नगरपालिका बस्ने २८ वर्षीय विवेक रुम्बा र काठमाडौं महानगरपालिका–३२ जडीबुटी बस्ने ३४ वर्षीय अविनाश राजभण्डारीलाई समेत पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

 ठगी गर्न खोज्ने पक्राउ

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको अभियोगमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का २७ वर्षीय मीनबहादुर पाइनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनको साथबाट ५० दरका ११ थान अमेरिकी डलर, एक दरको १ थान, २० दरको ३३९ थान, १० दरको ३६७ थान डलर, चार थान मोबाइल, प्रदेश ०२–३०प ६९१६ नंको मोटरसाइकल र रु पाँच लाख बरामद गरेको छ। उक्त घटनाका फरार अन्य दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्