भीमबहादुर विश्वकर्माको न्यायका लागि माइतीघरमा जसपाको प्रदर्शन
काठमाडौं, कात्तिक ११ : राष्ट्रिय जनता पार्टी (जसपा) ले भीमबहादुर विश्वकर्माको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम...
काठमाडौं, कात्तिक ११ : राष्ट्रिय जनता पार्टी (जसपा) ले भीमबहादुर विश्वकर्माको न्यायका लागि काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।
जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा भएको प्रदर्शनका सहभागीले भीमबहादुरको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका थिए। प्रदर्शनकारीले जातीय लगायत सबैखाले विभिेदको अन्त्य हुनुपर्ने आवाज पनि उठाएका थिए।
चितवनको भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षी भीमबहादुर विकको स्थानीयको कुटपिटबाट मृत्यु भएको थियो। मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दै आवाज उठाउँदै आएका उनमाथि गएको दसैंको महानवमीका दिन कुटपिट भएको थियो।
उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेको छ। उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाय छ।












