Kathmandu Press

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं, कात्तिक ११ : काठमाडौं, सिरहा, नवलपरासी (पूर्व), झापा र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकमा बा४ख...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु 

काठमाडौं, कात्तिक ११ : काठमाडौं, सिरहा, नवलपरासी (पूर्व), झापा र मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित सडकमा बा४ख ८७२५ नम्बरको टिपरले बा–२–०३० प ९४० नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा घर भएका २५ वर्षीय सुनिल प्रसाद महतोको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकलमा सवार भक्तपुर टीकाथली बस्ने रामेछाप दोरम्बा गाउँपालिका–२ घर भएका ३० वर्षीय अम्बरबहादुर पहरी घाइते भएकाले उनको सोही अस्पतालामा उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Hardik ivf

नवलपरासी (पूर्व) को गैंडाकोट नगरपालिका–२ स्थित सडकमा पीबी ०४ भी ४६३९ भारतीय नम्बरको ट्रकले प्रदेश ३–०३–००१ प ६८७९ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बस्ने २५ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिरहाको लहान नगरपालिका–३ स्थित सडकमा ना८ख १००२ नम्बरको कन्टेनरले प्र१–०२–०४५ प ५९९ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि राउ स्मारक सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

झापाको गौरादह नगरपालिका–१ किरात चोकमा मे१त ७६८७ नम्बरको ट्याक्टरले किचेर सोही ट्याक्टरमा सवार झापा कन्काई नगरपालिका–६ मनता बस्ने ४५ वर्षीय गंगा बहादुर तामाङको बुधबार राति मृत्यु भएको छ।

उक्त ट्याक्टरबाट लडेर सोही ट्रयाक्टरले किच्दा गम्भीर घाइते भएका उनको लाईफलाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

मोरङको विराटनगर महानरगपालिका–३ स्थित सडकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा मोरङ बिराटमगर महानगरपालिका–३ बस्ने ६० वर्षीय रमेश कुमार पाण्डेको मृत्यु भएको छ।

उक्त स्थानमा प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश ३–०२–२३ च २८५१ नम्बरको कारलाई ठक्कर दिँदा कार अनियन्त्रित भई चारजना पैदलयात्रीहरुलाई ठक्कर दिँदा गम्भीर घाइते भएका पदैलयात्री रमेशको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका तीनजना पदैलयात्रीलाई उपचारका लागि नोबेल अस्पताल पठाइएको छ। कार र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १३:४७ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्