Kathmandu Press

जापानले नेपाललाई दियाे थप ११४ अक्सिजन जेनेरेटर

काठमाडौं, कात्तिक ११ : जापानले नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न किसिमका सहायता प्रदान गर्दै आएको छ।यसैबीच कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउने उद्देश्यले जापानले नेपाललाई...
जापानले नेपाललाई दियाे थप ११४ अक्सिजन जेनेरेटर

काठमाडौं, कात्तिक ११ : जापानले नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न किसिमका सहायता प्रदान गर्दै आएको छ।

यसैबीच कोरोना महामारीविरुद्धको लडाइँमा सहयोग पुर्‍याउने उद्देश्यले जापानले नेपाललाई थप ११४ अक्सिजन जेनेरेटर उपलब्ध गराएको छ। 

यसअघि पनि जापानले नेपाललाई २७४ वटा अक्सिजन जेनेरेटर दिइसकेको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ। कोरोना महामारीपछिको पुनर्स्थापना कार्यक्रममा पनि नेपाललाई सघाउन जापान तयार रहेको दूतावासले बताएको छ। 

जापानी कार्यवाहक राजदूत युसिओका युजोले नेपालका अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए। 

जापनले दिएका उपकरणले नेपालका धेरै जनताको जीवन बचाउने आशा लिएको उनले बताए। कोरोना महामारी कालर्मै जापानले नेपालका आठवटा अस्पताललाई एमआरआई मेसिन दिएको थियो। 

सोही  अवधिमा ६ वटा एम्बुलेन्स, २५ वटा ब्लड ग्याँस एनलाइजर र २५ वटा पोर्टेबल अल्ट्रसाउन्ड इमेज डाइग्नोस्टिक सिस्टम जस्ता महत्वपूर्ण मेडिकल उपकरण सहयोगस्वरुप दिएको थियो। 

दुई महिना अघि जापानले नेपाललाई १६ लाख डोज कोरोना खोप दिएको थियो। 

प्रकाशित मिति: १३:४२ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्