Kathmandu Press

बझाङ पहिरो : १९ जना अझै बेपत्ता

बझाङ, कात्तिक ११ : थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी...
बझाङ पहिरो : १९ जना अझै बेपत्ता

बझाङ, कात्तिक ११ : थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।

यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए। बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो। आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ।

Hardik ivf

घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो। प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए। ‘जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ,’ उनले भने। आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए।

वडाध्यक्षको निधन

बित्थडचिर गाउँपालिका–३ का वडाध्यक्ष नरबहादुर बोहराको निधन भएको छ।

श्वासप्रश्वास रोगबाट पीडित बोहराको उपचारका क्रममा आज डडेल्धुरा अस्पतालमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष जानकी बोहराले जानकारी दिइन्। उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति: १३:४१ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्