Kathmandu Press

बागलुङमा भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता

बागलुङ, कात्तिक ११ : बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्। बडिगाड–५ दागाका ४६...
बागलुङमा भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता

बागलुङ, कात्तिक ११ : बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन्। बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो।

उनी २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङका अनुसार बडिगाडकै अर्का एक पुरुष भिरबाट लडेर बेपत्ता भएका छन्। दसैँको अवसरमा बुर्तिबाङमा लागेको पूर्णिमा सहभागी भएर फर्किने क्रममा बडिगाड गाउँपालिका–९ बस्ने २८ वर्षीय शङ्कर परियार भिरबाट लडेर बेपत्ता भएका छन्।

Hardik ivf

ढोरपाटन नगरपालिका–२ सिमलचौरदेखि मालरानी जाने गोरेटो बाटोको भिरबाट खसी बडिगाडखोलामा उनी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। उनको खोला किनारमा खोजी भइरहेको छ।

 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्