तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
काठमाडौं, कात्तिक ११ : तास खेलिरहेको अवस्थामा कास्की र मकवानपुरबाट १५ जना पक्राउ परेका छन्।कास्कीको पोखरा महानगरपालिका–१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय...
काठमाडौं, कात्तिक ११ : तास खेलिरहेको अवस्थामा कास्की र मकवानपुरबाट १५ जना पक्राउ परेका छन्।
कास्कीको पोखरा महानगरपालिका–१४ बिपि मार्ग डेरा गरी बस्ने ३६ वर्षीय खिल बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त कोठमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ९ सय २५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ थाहा चोकस्थित प्रकाश बिकको अटो ग्यारेजमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(१२ बस्ने ४३ वर्षीय कृष्ण ब्लोन लगायत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३४ हजार ५ सय ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो।












