Kathmandu Press

अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा पक्राउ 

काठमाडौं, कात्तिक ११ : अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३...
अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा पक्राउ 

काठमाडौं, कात्तिक ११ : अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भएका २७ वर्षीय मीन बहादुर पाइन रहेको प्रहरीले जनाएको छ।

Hardik ivf

पाइनलगायत तीनजनाले ललितपुर सातदोबाटो बस्ने झापा बिर्तामोड घर भएका २१ वर्षीय पुरुषलाई अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बुधबार दिउँसो गोकर्णेश्वर नगरपालिका–८ जगडोलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनका साथबाट ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, चार थान मोबाइल, प्रदेश ०२–३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ फेला पारेको प्रहरीले जनाएको छ। 

फरार अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:०७ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्