Kathmandu Press

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ

लहान, कात्तिक ११ : दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् ।

कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ। पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादवविरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन्।

 

प्रकाशित मिति: १३:०३ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्