Kathmandu Press

महोत्तरीमा नक्कली नोटसहित एक पक्राउ

महोत्तरी, कात्तिक ११ : नक्कली नोटसहित महोत्तरीमा फेरि एकजना पक्राउ परेका छन्। जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका...
महोत्तरीमा नक्कली नोटसहित एक पक्राउ

महोत्तरी, कात्तिक ११ : नक्कली नोटसहित महोत्तरीमा फेरि एकजना पक्राउ परेका छन्। जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो।

यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो। आज पक्राउ परेका महतोको गौशालाबजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली रुपैयाँ र दुई लाख ८० हजार ९२९ भारती नोट प्रहरीले बरामद गरेको छ।

Hardik ivf

बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशङ्कामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई उनको डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ। बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिए।

पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय पठाइएको छ। आज पक्राउ परेका महतो भारत÷ नेपाल दुवैतिरका तरकारी व्यापारी रहेका र उनलाई र  उनीसँग बरामद नोट जलेश्वरमै सार्वजनिक गरिने प्रहरीको तयारी छ। गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका जिल्लाका हुन्।

आज बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने एकीन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो। सामान्य प्रचलनमा रहेका नेपाली एकहजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङसमेत अलि फिका देखिने नक्कली नोट चासो दिने सामान्य व्यक्तिले पनि सजिलै छुट्याउन सक्ने प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १२:२८ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्