Kathmandu Press

मन्त्री झाँक्री अस्पतालमा

काठमाडौं, कात्तिक ११ : सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका...
मन्त्री झाँक्री अस्पतालमा
फाइल तस्बिर

काठमाडौं, कात्तिक ११ : सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन्। निमोनिया र ज्वरो आएपछि उनलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिए।

‘सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन,’ सहयोगी तामाङले भने, ‘हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो। अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ।’ मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उनले बताए।

 

प्रकाशित मिति: १२:२२ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्