Kathmandu Press

छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमक, कात्तिक ११ : झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै...
छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमक, कात्तिक ११ : झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो।

गएराति भएको सो दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ।  

Hardik ivf

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, कात्तिक ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्